संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कञ्चनपुरको साविक महाकाली नगरपालिकाको नाम परिवर्तन गरी ‘दोधारा चाँदनी नगरपालिका’ कायम गरिएको जानकारी गराएको छ ।
मन्त्रालयले साविक महाकाली नगरपालिकाको नाम परिवर्तन भई दोधारा चाँदनी नगरपालिका कायम भएको व्यहोरा मातहत निकायहरूमा नाम मिलान गर्नु गराउनुहुन देशभरका सबै मन्त्रालय, सबै मुख्यमन्त्रीको कार्यालय र सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
दोधारा चाँदनी नगरपालिकाले नगरपालिकाको नाम फरक भएको भनी राहदानी लगायतका सेवा प्राप्त गर्न नपाएको गुनासो आएपछि मन्त्रालयले सबै मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई पत्राचार गरेर मातहत निकायहरूमा नाम मिलान गर्नु गराउनुहुन निर्देशन दिएको हो ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्