
मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ मा एउटा गोठमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।
झम्केश्वरी नजिकै रहेको गोठमा ९ माघ दिउँसो कृष्ण बहादुर तामाङको गोठमा लागेको आगोमा परी गोठ पूर्ण रुपमा जलेर नष्ट भएको थाहा नगरपालिका विपद व्यवस्थापन शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए । शाखा प्रमुख लामिछानेका अनुसार–आगोमा परी ६ वटा बाख्रा तथा पाठा मरेका छन् । ती मध्ये ३ वटा ब्याउने माउ बाख्रा रहेका थिए ।
धादिङ घर भएका कृष्ण बहादुर तामाङ दम्पत्ती सो गोठमा बसी जग्गा जमिन कमाउँदै आएका थिए ।
यसैबीच आगलागीमा परी ५५ वर्षिय तामाङ पनि घाइते भएका छन् । उनको हातमा चोट लागेको छ । गोठमा लागेको आगो अन्यत्र फैलन नदिनका लागि इलाका प्रहरी कार्यालय पालुङ तथा स्थानीयहरुले नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्