
मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ को सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामाग्रीलगायत खेल सामाग्री प्रदान गरिएको छ । काठमाडौ अरुम लेडिज सर्कल ११ को सहकार्यमा विद्यालयमा अध्यनरत १ सय २५ जना विद्यार्थीहरुलाई सो सामाग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इच्छापुर्ण कार्कीले जानकारी दिए।
वडा नम्बर २ का अध्यक्ष बम बहादुर सिन्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सदस्य सालिनी शर्माको बिशेष पहलमा विद्यार्थीहरुको निम्ति न्यानो कपडा, शैक्षिक सामाग्री र खेल सामाग्री प्रदान गरिएको हो । विद्यालयका विद्यार्थीलाई सहयोग गरेको सो संस्थालाई वडा र विद्यालयले प्रसंसापत्र प्रदान गरिएको छ ।
सामाग्री वितरण कार्यक्रममा स्थानीय, अभिभावक, विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रधान,शिक्षकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहयोगी संस्थालाई वडा अध्यक्ष बम बहादुर सिन्तान र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इच्छापुर्ण कार्कीले आभार व्यक्त गर्दै धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्