मकवानपुरको मनहरीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।

शनिबार दिउँसो मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर -६ रुपाचुरी स्थित घर बाहिर बसिरहेको अवस्थामा हावाहुरीसहित चट्याङ लाग्दा एकै परिवारका तीन जना घाइते भएका हुन् ।

चट्याङबाट घाइते हुनेमा वर्ष ३८ को मंगल मुक्तान अवस्था मध्यम, वर्ष १८ को छोरा कल्सान मुक्तान अवस्था सामान्य र मंगलको बहिनी बर्ष २७ की कालिमान बल अवस्था मध्यम रहेको मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । घाइते तीनै जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी