मकवानपुरको भीमफेदी गाउँपालिकामा बाढी पहिरोबाट घरबारबिहीन बनेका बलबहादुर कार्कीलाई समाजसेवी तथा युवा व्यवसायी सरोज बरालले नवनिर्मित घर हस्तान्तरण गरेका छन्।
गत असोज १२ र १३ गते लगातार परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले भीमफेदी– ८ इपाका बलबहादुर कार्कीको घर र खेत बगाएको थियो। पाँच जनाको परिवार पाल्न कठिन अवस्थामा पुगेका कार्कीलाई समाजसेवी बरालले तीन लाख रुपैयाँ लागतमा दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरेका हुन्।
घर हस्तान्तरण कार्यक्रममा कार्कीले स्थानीय सरकारबाट न्यून मात्र राहत प्राप्त भएको गुनासो गर्दै भने, “पहिरोले सबै कुरो बगायो, तर सरकारबाट राहतको नाममा केवल १० हजार रुपैयाँ, एक बोरा चामल र त्रिपाल मात्र प्राप्त भयो।”
गत असोजको अविरल वर्षाले मकवानपुरको कुलेखानी ड्याम भरिएर बाढी पस्दा इन्द्रसरोवर र भीमफेदी गाउँपालिकामा ठूलो क्षति पु¥याएको थियो। सिस्नेरी क्षेत्रमा ३० भन्दा बढी घर डुबानमा परेका थिए भने मानवीय क्षति समेत भएको थियो।
भीमफेदी–८ निवासी समाजसेवी बराल यसअघि पनि विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै विद्यालयमा पोसाक वितरण, कोभिड महामारीका बेला खाद्यान्न सहयोग, स्टेसनरी वितरण लगायतका सेवामूलक कार्य गर्दै आएका छन्। साथै, उनी राष्ट्रिय स्वतन्त्र पार्टीका भीमफेदी गाउँपालिका संस्थापक सभापति तथा हाल मकवानपुर क्षेत्र नम्बर–२ का सदस्य रहेका छन्।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्