मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको डिजिटल बोर्ड ह्याक गरी ‘राजा आउँ देश बचाउ’ भन्ने सन्देश लेखी प्रसारण गरिएको छ । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै उक्त सन्देश कार्यालयबाट प्रसारण नगरिएको स्पष्ट पारेको छ ।
गाउँपालिकाको विज्ञप्ति अनुसार, २०८१ साल चैत्र १७ गते दिउँसो करिब २ः३० बजे कार्यालयको डिजिटल बोर्डमा अनधिकृत पहुँच पुर्याई (ह्याक) गरेर उक्त सन्देश प्रवाह गरिएको जनाएको छ । पालिकाले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ र यसलाई गैरकानूनी क्रियाकलापको रूपमा व्याख्या गर्दै दोषी उपर आवश्यक अनुसन्धान गरी कानूनी कारबाहीको माग समेत गरेको छ।
गाउँपालिकाले सर्वसाधारणलाई उक्त सन्देशको भ्रममा नपर्न आग्रह गर्दै घटनाको छानबिन भइरहेको जानकारी दिएको छ। ह्याकिङको पछाडि को वा कुन समूह संलग्न छ भन्ने विषयमा हालसम्म खुलेको छैन।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्