मकवानपुर थाहा नगरपालिका अन्तर्गतका विद्यालयहरुको कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । नगरपालिकाको वेवसाइट मार्फत नतिजा सार्वजनिक गरिएको हो ।  ८ कक्षाको परीक्षामा ८७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । नतिजा अनुसार ६ सय २५ विद्यार्थी मध्ये ५ सय ४४ विद्यार्थी उतीर्ण भएका छन् । परीक्षामा २५ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

थाहा नगरपालिका शिक्षा शाखाले २५ चैतमा सार्वजनिक गरेको फरीक्षाफल अनुसार ९ वटा विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् । पालुङ मोडर्न, बुद्ध आधारभूत विद्यालय, मत्स्यनारायण मावि, सुनाैला मावि, पालुङ अंग्रेजी आवासिय विद्यालय, दुर्गादेवी आधारभूत विद्यालय, पालुङ भ्याली हाट एकेडेमी, नाटेश्वर मावि र सरस्वती विद्या मन्दिर बज्रवाराहीले शतप्रतिशत नतिजा हासिल गरेका हुन् । शतप्रतिशत विद्यार्थी उतीर्ण भएका विद्यालयमा ५ सामुदायिक र ४ संस्थागत विद्यालय रहेका छन् ।

नतिजा अनुसार सबैभन्दा कम प्रतिशत विद्यार्थी उतीर्ण हुने विद्यालय सरस्वती आधारभूत विद्यालय थाहा–२ रहेको छ । उक्त विद्यालयबाट ४६.७ प्रतिशत मात्र विद्यार्थी उतीर्ण भएका छन् ।

नतिजा अनुसार सबैभन्दा बढि जिपिए सुनौलो मावि थाहा–१ की बिनिसा गोपाली र जनकल्याण माविकी जीविका श्रेष्ठले ल्याएकी छन् । दुवै छात्राको प्राप्ताङ्क ३.९७ जिपिए रहेको छ ।

हेर्नुहोस नतिजाः

 

पालिका प्रेस
थप जानकारी