
मकवानपुरको भीमफेदी गाउँपालिकाको वडा नम्बर ९ तारेभिरमा गुरु रिन्पोछेको १०८ वर्ग फिटको चित्र कुँद्ने कार्य शुभारम्भ भएको छ । २५ चैतमा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले कार्य शुभारम्भ गरेका हुन् ।
बौद्ध परम्परा अनुसारको विधि पु¥याइ चित्र कुद्ने कार्य शुरु गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री लामाले गुरु रिन्पोछेको चित्र कुँदने कार्य सम्पन्न भएपछी यस क्षेत्रमा धार्मिण्क सहिष्णुताको साथै पर्यटन विकासमा योगदान पुग्ने बताए । मकवानपुर जिल्ला नै पर्यटकीय क्षेत्र भएकोले यहाँ बोद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र समेत बन्ने लामाको धारणा थियो । मुख्यमन्त्र लामाले तारेभिर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आवश्यक पुर्वाधार निर्माण गर्न बजेटको व्यवस्थ ागर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरको प्रमुख ललित घलान, भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्याललगायत बौद्ध गुरुहरुको उपस्थिति रहेको थियो। जिल्लाको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाको सीमाको उक्त तारेभीर नजिकैको ऋषेश्वर परिसरमा रिन्पोछे लगायतका बौद्ध गुरुहरुले तपस्या गरेको बौद्ध अभिलेख छ ।
बोधिचार्य फाउन्डेसनको पहलमा निर्माण हुन लागेको उक्त विशाद चित्र कोर्ने कायृमा स्थानीयहरुले श्रमदान पनि गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्