
मकवानपुर जिल्लाको बकैया गाउँपालिका–७ स्थित भिरकोटका ५९ भूमिहीन सुकुम्वासीले ३१ चैतमा जग्गाधनी लालपुर्जा पाएका छन् । भूमि समस्या समाधान आयोग मकवानपुरको आयोजनामा आयोजित विशेष कार्यक्रममा नेपाल सरकारका भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उनीहरूलाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो।जग्गाधनी पुर्जा प्राप्त गर्नेमा बकैया गाउँपालिका–४ का १९ जना र भूमिहीन सुकुम्बासी ४० जना रहेका छन्।
आयोगका अनुसार यो वितरण पछिल्लो पटक गठन भएको भूमि समस्या समाधान आयोगमार्फत मकवानपुरमा पहिलोपटक गरिएको हो। आयोगका जिल्ला अध्यक्ष बलराम बलका अनुसार बकैया गाउँपालिकाको समन्वयमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिएको हो।भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्न गरिएको यो पहलप्रति स्थानीयवासीहरू खुशी व्यक्त गरेका छन्।
७५ वर्षपछि लालपुर्जा हातमा परेपछि ठुली माया ब्लोनको अनुहारमा मुस्कान फक्रियो । जीवनको करिब ८ दशक पुग्नै लाग्दा आफूले भोग चलनगर्दै आएको जग्गाको हातमा परेपछि ठुली माया ब्लोनको अनुहारमा मुस्कान फक्रिएको छ । मकवानपुरमा ५९ भूमिहीन सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरण अन्तर्गत बकैया गाउँपालिका–७ स्थित भीरकोटकी फुलमायाले पनि जीवनको ८ दशक पुग्नै लाग्दा लालपुर्जा हात पारिन् ।
लालपुर्जा पाएपछि उनले आफ्नो जीवनभरको सपना पुरा भएको बताउँदै सरकारलाई धन्यवाद व्यक्त गरिन् । तीन छोरामध्ये एक विदेश गएका १६–१७ वर्ष बित्दासमेत नफर्किएपछि चिन्तित रहँदै आएकी उनी छोरीको घरमा बस्दै आएकी थिइन् । शारीरिक रूपमा अशक्त भएपनि हातमा लालपुर्जा लिएर उनको अनुहारमा खुशी देखिन्थ्यो।
प्रतिक्रिया दिनुहोस्