नेपाली काँग्र्रेस बागमती प्रदेशका सभापति तथा पुर्व गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरपालिका पर्ययापर्यटनको सम्भावना बोकेको स्थान भएकोले विकासका लागि सबैले हातेमालो आवश्यक भएको बताएका छन् । विकासका लागि राजनीतिकस्तर भन्दा माथि उठेर काम गर्न सके सबैतिर विकासको माओल आउउने उनको भनाइ थियो । थाहा नगरपालिकाको वडा नम्बर २ मा रहेको हिमचुली सामुदायिक बन उपभोक्ता समितिले आयोजना गरेको “पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकाय तथा समुदायको भुमिका“ बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले यस्तो बताएका हुन् ।

 

हिमचुली सामुदायिक वन क्षेत्र भित्र रहेको जिल्लाकै अर्को उच्च स्थान अस्पताल डाँडामा आयोजित कार्यक्रममा सभापति बानियाँले अस्पताल डाँडामा आउनको निम्ति पैदलमार्ग बनाउन सके थाहा नगरपालिकाको पर्यटन विकासमा अर्को टेवा पुग्ने बताउदै उक्त कार्यको लागि प्रदेश पर्यटन मन्त्रालय बाट आगामी आर्थिक बर्षमा ५० लाख रुपैयाँ प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले निर्वाचनको बेला आफुलाई मनपरेको पार्टी र उमेदवारलाई भोट हाल्न पाइने तर विकासमा सबैको एउटै साथ हुनुपर्नेमा जोड दिदै गणतन्त्र, समाबेशीता र संघीयताले सबै बर्ग र क्षेत्रको बिकास गर्ने बताउदै गणतन्त्र र संघियताको संस्थागत बिकासमा जोड दिए । हिमचुली सामुदायिक बनका अध्यक्ष जित बहादुर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वडा नम्बर २ का अध्यक्ष बम बहादुर सिन्तान, वडा नम्बर ७ का अध्यक्ष शिवराज थिङ, वडा नम्बर १२ का अध्यक्ष टिकाराम स्याङ्तान, नेकपा एमालेका पुर्व नगर अध्यक्ष अच्युतम प्रसाद ढकाल, नेपाली काँग्रेसका थाहानगर सभापति प्रमोदकृष्ण जोशी, काँग्रेस महाधिवेशन प्रतिनिधि भरत लामा, राप्रपा नगर अध्यक्ष कुलमान तामाङ, पालुङ जेसीजका अध्यक्ष माधव कार्की, संचारकर्मी शम्भु अधिकारीलगायत स्थानियको बाक्लो उपस्थिति रहेको थियो।

कहाँ छ, अस्पताल डाँडा

मकवानपुर थाहा नगरपालिकाको २ नम्बर वडामा अवस्थित अस्पताल डाँडा एक रमणीय र ऐतिहासिक स्थल हो। समुन्द्री सतहदेखी २५ सय २५ मिटर उचाई र १२४ हेक्टर क्षेत्रफलमा फैलिएको अस्पताल डाँडामा किंवदन्ती अनुसार तेत्रायुगमा राम–रावण युद्द हुँदा लक्ष्मण घाइते हुँदा हनुमानले हिमाली क्षेत्रबाट संजिवनी बुटी ल्याउदा यस स्थानमा बुटि खसेकोले यहाँ विश्राम गर्दा पुराना रोग निको हुने बिश्वास रहेकोले यो डाडाको नाम अस्पताल डाँडा रहन गएको जनश्रूति छ।

डाँडाबाट थाहा नगरपालिकाको अधिकांश भाग,भिमफेदी गाउँपालिकाको केही भाग र कैलाशको रमणिय दृश्य सहित काठमाडौको धरहरा समेत देखिने हुँदा यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पदयात्रा र पर्यटकीय मार्गको निर्माण, स्थानीय किंवदन्ती र सांस्कृतिक महत्वको प्रचार, दृश्यावलोकन टावर र विश्राम स्थल निर्माण र पर्यावरण संरक्षण र सामुदायिक सहभागिता हुनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए।

पालिका प्रेस
थप जानकारी