
कुलेखानी–कलंकी–हुमाने सडकखण्ड आजदेखि जेठ २० गतेसम्म बन्द गरिएको छ । सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरु पूर्णरुपमा बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा लेखिएको छ, ‘इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्ने प्रयोजनार्थ मिति २०८२–०२–०२ गतेदेखि मिति २०८२–०२–२० गतेसम्म (१९ दिन) उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनहरुले अन्य वैकल्पिक मार्ग (कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक) को प्रयोग गर्नुहुन…।’
प्रतिक्रिया दिनुहोस्