मकवानपुर थाहानगरमा क्रियाशील लायन्स क्लव, लायन्स क्लव अफ थाहा पिसको वर्ष २०२५÷०२६ को लागि अध्यक्ष पदमा अनित विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

हरेक वर्ष नेतृत्व परिवर्तन हुने क्लवको १५ जेठमा भएको ९औँ वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा विष्ट निर्विरोध निर्वाचित भएका हुन् । साधारणसभाबाट क्लवको प्रथम उपाध्यक्षमा निरज रायमाझी, द्वितीय उपाध्यक्ष दिपेन्द्र कुमार थिङ पनि निर्विरोध निर्वाचित भएका छन् । सचिवमा दिपक कार्की, कोषाध्यक्षमा नविना विष्ट, मेम्बरसिप चियरपर्सन माधव कार्की र एलसिआईअफ कोअर्डिनेटरमा अनन्त ढकाल मनोनित भएको निर्वाचन अधिकृत गिता कार्किले जानकारी दिइन् ।

त्यसैगरि १५ जेठमै सम्पन्न लियो क्लव अफ थाहा पिसको ९औँ साधारणसभाबाट अध्यक्ष पदमा विनिता वाईबा, प्रथम उपाध्यक्ष पदमा सितल बिष्ट, द्वितीय उपाध्यक्ष पदमा स्मिता विष्ट निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत निशा विष्टले जानकारी दिइन् । क्लबको सचिवमा बिराज बिष्ट, कोषाध्यक्ष सृष्टि गोपाली र सह सचिवमा मन्जरी अधिकारी मनोनित भएका छन् ।

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानको विशेष आतिथ्यतामा भएको साधारणसभा पुर्व अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

 

पालिका प्रेस
थप जानकारी