सरकारले अस्थायी र करार कर्मचारी तथा राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने भएको छ । आगामी आर्थिक वर्ष अर्थात साउन १ गतेदेखि अस्थायी र करार कर्मचारी तथा राहत शिक्षकलाई कोषमा आवद्ध गर्ने भएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत यस्तो कार्यक्रम ल्याएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । अर्थमन्त्रीले सार्वजनिक गरेको वजेट वक्तव्यमा पनि अस्थायी र करारका कर्मचारी तथा राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने भनिएको छ ।
तर, कोषमा आवद्ध हुनको लागि रोजगारदाताले मासिक न्युनतम पारिश्रमिकको २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने अहिलेको व्यवस्था भएपनि रोजगारदाता र योगदानकर्ताले आफ्नो मासिक तलबको १०/१० प्रतिशत रकम कोषमा जम्मा गर्ने वजेट वक्तव्यमा उल्लेख छ ।
सरकारले ल्याएको यो कार्यक्रमले करिब ८० हजार कर्मचारी लाभान्वित हुने देखिन्छ । सरकारी तथ्यांक अनुसार अस्थायी र करारमा करिब ४० हजार कर्मचारी कार्यरत छन् । यस्तै, करिब ४० हजार राहत शिक्षक छन् । नयाँ कार्यक्रमले सरकारी सेवामा रहेका ती कर्मचारीको सामाजिक सुरक्षा ग्यारेन्टी गर्ने प्रयास सरकारले गरेको हो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्