
आर्थिक वर्ष २०८२÷०८३ का लागि संघीय सरकारबाट मकवानपुरका दश स्थानीय तहका लागि ४ अर्ब ७४ करोड २५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण मार्फत बजेट विनियोजन भएकोे छ । आर्थिक वर्ष २०८२÷०८३ का लागि गरिएको बजेट भाषण मार्फत उक्त बजेट विनियोजन गरिएको हो । संघीय सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान प्रदेश तथा स्थानीय तहलाई पठाउने गरिएको छ ।
अघिल्ला वर्षहरुमा जस्तै वित्तीय हस्तान्तरण मार्फत प्राप्त हुने बजेटको आकारमा हेटौंडाले सबैभन्दा बढि पाएको छ । हेटौंडा उपमहानगरपालिकाले समानीकरण अनुदान २९ करोड ७६ लाख, सशर्त अनुदान ८३ करोड ४९ लाख, विशेष अनुदान १ करोड ५० लाख र समपूरक अनुदान ४ करोड ७५ लाख गरी कुल १ अर्ब १९ करोड ५० लाख रुपैयाँ पाएको छ । त्यसोतः थाहा नगरपालिकालाई बकैया गाउँपालिकाले उछिनेको छ । आगामि आर्थिक वर्षका लागि थाहा नगरपालिकाले ४६ करोड ५४ लाख बजेट प्राप्त गर्दा बकैयाले ५१ करोड ३१ लाख रुपैयाँ बजेट पाउने भएको छ ।
थाहानगरले समानीकरण १२ करोड ३९ लाख, सशर्त ३१ करोड ६६ लाख, विशेष २ करोड र समपूरक अनुदान ४९ लाख रुपैयाँ पाएको छ भने बकैयाले समानीकरण १२ करोड ९५ लाख, सशर्त ३६ करोड ६७ लाख, विशेष अनुदान ७५ लाख र समपूरक अनुदान १ करोड पाएको छ । जिल्लाकै सबैभन्दा सानो पालिका इन्द्रसरोवर गाउँपालिकाले समानीकरण अनुदान ७ करोड ११ लाख सशर्त अनुदान १२ करोड ८१ लाख विशेष ६८ लाख र समपूरक अनुदान ७६ लाख गरी कुल २१ करोड ३६ लाख रुपैयाँ पाएको छ । इन्द्रसरोवर जिल्लामै सबैभन्दा कम बजेट पाउने पालिका हो ।
कैलाश गाउँपालिकाले समानीकरण अनुदान ९ करोड ८३ लाख, सशर्त अनुदान १९ करोड ३४ लाख, विशेष अनुदान ७५ लाख र समपूरक अनुदान २ करोड ५८ लाख रुपैयाँ गरी कुल ३२ करोड ५० लाख रुपैयाँ पाएको छ । बागमती गाउँपालिकाको लागि समानीकरण अनुदान ११ करोड ७० लाख, सशर्त अनुदान २९ करोड ६१ लाख, विशेष अनुदान ३ करोड ८५ लाख र समपूरक अनुदान ९० लाख रुपैयाँ गरी कुल ४६ करोड ६ लाख विनियोजन भएको छ । भीमफेदी गाउँपालिकाको लागि समानीकरण अनुदान १० करोड ५२ लाख, सशर्त अनुदान ३० करोड १४ लाख, विशेष अनुदान ५५ लाख र समपूरक अनुदान ३ करोड ४१ लाख गरी कुल ४४ करोड ६२ लाख रुपैयाँ विनियोजन भएको छ ।
मकवानपुरगढी गाउँपालिकाले समानीकरण अनुदान १० करोड ७ लाख, सशर्त २९ करोड ४ लाख, विशेष अनुदान २ करोड र समपूरक अनुदान १ करोड ५० लाख रुपैयाँ गरी ४२ करोड ६१ लाख रुपैयाँ विनियोजन भएको छ । मनहरी गाउँपालिकाले समानीकरण अनुदान १२ करोड ५३ लाख, सशर्त अनुदान २२ करोड ४४ लाख, विशेष अनुदान ९० लाख र समपूरक अनुदान ५२ लाख करी कुल ३६ करोड ३९ लाख रुपैयाँ विनियोजन गरेको छ । राक्सिराङ गाउँ पालिकाले समानीकरण अनुदानतर्फ १० करोड २५ लाख, सशर्त अनुदान २० करोड ६१ लाख, विशेष १ करोड ७५ लाख र समपूरक अनुदान ६८ लाख रुपैयाँ गरी कुल ३३ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
मकवानपुरका लागि कुल समानीकरण १ अर्ब २७ करोड ११ लाख, सशर्त अनुदान ३ अर्ब १५ करोड ८२ लाख, विशेष अनुदान १४ करोड ७३ लाख र समपूरक अनुदान १६ करोड ५९ लाख वित्तीय हस्तान्तरण मार्फत बजेट प्राप्त भएको छ ।
हेर्नुहोस् देशैभरको संघीय वित्तीय हस्तान्तरित बजेट:
प्रतिक्रिया दिनुहोस्