
हेटौँडा काठमाडौं जोड्ने कान्ती लोकपथ आइतबारदेखि खुलेको छ । निर्माण कार्यका लागि कान्ती लोकपथ विगत चार दिनदेखि पूर्णरूपमा बन्द रहेको थियो ।
मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ बगुवा बागमती खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम गए राति सकिएकाले आइतबार बिहान साढे १० बजेदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गत २० गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै जेठ २१ देखि २४ सम्म सडकमा पूर्णरूपमा आवागमन बन्द गरी बगुवामा काम गर्ने जानकारी दिएको थियो ।
सडकमा कामदार र प्राविधिक परिचालन गरी काम गरिएको छ । गएको असोजमा आएको बाढीले बागमती पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि माटो र बालुवाको पहुँच मार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्