मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३, घर्तिखोलामा रहेको बाघेखोला टोल विकास संस्थाको प्रथम साधारणसभाबाट सुदर्शन कार्की अध्यक्ष पदमा निर्वाचित भएका छन् । साधारणसभाले नयाँ ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।
संस्थाका अध्यक्ष सुदर्शन कार्कीको अध्यक्षतामा भएको साधारसभामा अध्यक्ष कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए । थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथी रायमाझीले स्थानीयस्तरमा सक्रिय टोल विकास संस्थाले समावेशी विकास र सामाजिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने र जनकल्याण माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक सानोभाइ कार्कीले पनि शुभकामना व्यक्त गरेका थिए।साधारणसभाले आगामी वर्षका योजनाहरु तय गर्दै स्थानीय विकासमा जनसहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
संस्थाको नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा गुप्त बहादुर काकी, सचिव राजकुमार कार्की, कोषाध्यक्ष विन्दा बिष्ट छिन् । त्यस्तै सदस्यहरुमा राजु कार्की, नवराज वर्तौला, हन बहादुर कार्की, कमला बिष्ट कार्की, प्रशंसा कार्की, जेनीश कार्की र राजकुमार कार्की निर्वाचित भएका छन् । संस्थाको सल्लाहकार समितिमा सानोभाइ कार्की, शिवहरी बर्तौला र कृष्ण कुमार कार्की रहेका छन् ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्