‎मकवानपुर ‎थाहा नगरपालिका वडा नम्बर ३ को मर्किन डाँडा–माथिल्लो काफलचौर सडक खण्डमा श्रमदानबाट सडक मर्मतसहित स्तरीकरण गरिएको छ । सडकका लागि स्थानीयवासीले ३ साउन दिनभर श्रमदान गरेका थिए । सडक सुधारको लागि २० जना स्थानीय उपभोक्ताहरू खटिएका थिए ।

सडकमा मर्मत गर्दै आठ ट्र्याक्टर ढुङ्गाा र ग्राभेल हालेर सकस सडकलाई सहज बनाइएको छ । ‎‎स्थानीय उत्पादन बजारसम्म सहज रूपमा ल्याउन र यातायातमा सुधार ल्याउने उद्देश्यले स्थानीयहरुले श्रमदान गरेको जनाएका छन् । श्रमसहित आवश्यक रकम समेत उपभोक्ताहरुले संकलन गरेका थिए ।

पालिका प्रेस
थप जानकारी