मकवानपुरको चित्लाङमा छायांकन हुँदै गरेको चलचित्र ‘मिरमिरे’ माघ १ मा फिल्मलाई प्रदर्शनमा ल्याउने तय भएको छ । फिल्मको प्रमुख अभिनेत्री सिर्जना निङ्लेखुको जन्मदिनकै दिन निर्माणपक्षले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
फिल्मलाई यम शेर्पाले निर्देशन गर्दैछन् । फिल्मको छायांकन असार २१ सुरु भएको थियो । यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा अभिनेता दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङ्लेखु प्रमुख भूमिकामा छन् । फिल्ममा अन्य कलाकार माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतको अभिनय रहनेछ । यमको पहिलो निर्देशन ‘कार्साङ’मा अभिनेता दयाहाङकै मुख्य भूमिकामा थियो ।
छायांकन नसकिँदै फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्नु नेपाली फिल्म क्षेत्रका लागि नौलो विषय होइन । फिल्म बन्ने घोषणा गर्दा नै प्रदर्शन मिति सार्वजनिक गरिनु पुरानै चलन भइसक्यो । कतिले छायांकन हुँदाहुँदै त कहिले प्रोडक्सनको अन्तिमचरणमा फिल्म प्रदर्शनको मिति तय गरिरहेका हुन्छन् । छायांकनरत फिल्म ‘मिरमिरे’ले फेरि यही चलन दोहो¥याएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्