हेटौंडा उपमहानगरप्रवक्ता तथा वडाअध्यक्ष सबिन न्यौपानेमाथि वडा कार्यालयमै प्रवेश गरी अमानवीय र अपमानजनक व्यवहार गरेको आरोपमा फरार रहेका एकजना व्यक्ति पक्राउ परेका छन् ।
असार ४ गते हेटौंडा उपमहानगरपालिका–१ का वडाअध्यक्ष न्यौपानेलाई कार्यालयमै आएर अपमानजनक व्यवहार गरी फरार रहेका मध्येका एक मनहरी गाउँपालिका–२ का विजय थिङ लामा (उर्फ नेप्टे) लाई साउन १८ गते कमाने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
साथै घटनामा संलग्न अन्य व्यक्तिको खोजीकार्य पनि जारी रहेको जनाइएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्