मकवानपुरको थाहा नगरपालिकाबाट बरामद गाजा प्रहरीले नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय पालुङको टोलीले राजमार्ग हुँदै अवैध लागुऔषध गाँजा ढुवानी भइरहेको विशेष सूचनाका आधारमा १३ साउनमा त्रिभुवन राजपथ अन्तर्गत नौखण्डे–नौबिसे खण्ड अन्तर्गत थाहा १२ तारुकामा काठमाडौंतर्फ जाँदै गरेको बी एबी ५४०९ नम्बरको बोलेरो पिकअप गाडीमा करिब २ सय ६५ किलो १ सय १८ ग्राम गाँजा फेला परेको थियो।
बरामद गरिएको गाँजालाई जनप्रतिनिधि र स्थानीय सहित पत्रकारको रोहबरमा पालुङ खोला किनारामा जलाएर नष्ट गरिएको हो । गाडी छाडेर चालक फरार भएका कारण प्रहरीले गाडी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । बरामद गरिएको गाँजा, गाडी र घटनाबारे आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्