संक्रमण रोगहरूको तत्काल पहिचान र नियन्त्रण गर्न मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा सूक्ष्म निगरानी प्रणाली लागू हुने भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमार्फत यो कार्यक्रम सुरु गरिनेछ। सरकारले तोकेको ५२ प्रकारका महामारीजन्य संक्रामक रोगहरूको लक्षण देखिएमा तुरुन्त रिपोर्ट गरी समाधान गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। १३ भाद्रमा कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलाई जानकारी पत्र हस्तान्तरण गर्दै कार्यक्रमको जानकारी दिएका हुन्।
कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि प्रत्येक वडामा २५ जनाको ‘इपिडेमिक इन्टेलिजेन्स भोलेन्टियर टिम’ गठन गरिने छ। महिला स्वास्थ्य स्वयम्सेविका, शिक्षक, फार्मेसी सञ्चालक र जनप्रतिनिधिहरूलाई आवश्यक तालिम प्रदान गरी रोगको निगरानीमा खटाइने जनाइएको छ।
रोग नियन्त्रण महाशाखाले तयार पारेका विभिन्न सूचकका आधारमा पहिलो चरणमा देशभरका ४४ स्थानीय तहमा कार्यक्रम लागू गरिँदैछ। मकवानपुर जिल्लामा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिका चयन भएका छन्। बागमती प्रदेशभित्र ८ वटा स्थानीय तहमा यो कार्यक्रम कार्यान्वयनमा आउनेछ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्