मकवानपुर थाहा नगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा शोक विदा दिइएको छ । थाहा नगरपालिकाले सूचना प्रकाशन गरी २४ भाद्र एक दिनका लागि शोक विदा दिएको हो ।

थाहा नगरपालिकाले सूचना सार्वजनिक गर्दै २४ भाद्रमा नगरका सबै सामुदायिक र निजी तथा संस्थागत शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ । नगरपालिकाले थप अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विद्यालय बन्दको गरिएको जनाइएको छ ।

२३ भाद्रमा जेनजीले गरेको प्रदर्शन हिंसात्मक बन्दा देशभर १९ जनाले ज्यान गुमाएका छन् भने करिब ४ सय घाइते भएका छन् । विभिन्न ठाउँमा भइरहेको प्रदर्शनले शिक्षा क्षेत्रमा समेत प्रत्यक्ष असर पारेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । थाहा नगरपालिकाले यस विषम परिस्थितिमा विद्यार्थी, शिक्षक, अभिभावक र सम्पूर्ण नगरवासीलाई शान्त वातावरण कायम गर्न आग्रह गरेको छ । साथै परिस्थितिलाई संवेदनशील ढंगले समाधान गर्न सबै पक्षलाई आग्रह समेत गरेको छ ।

पालिका प्रेस
थप जानकारी