काठमाडौँ महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ ।

गत भदौ २३ र २४ गते देशभर भएका जेन जेड आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुगमन आगामी सातादेखि गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ । कामपाको सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसैँ नजिकै आइसकेको अवस्था छ तर आन्दोलनका कारण बजार व्यवस्थापनका लागि अनुगमन हुन सकेको थिएन अब आउने सातादेखि गर्ने तयारी छ ।

प्रमुख काफ्लेले भने, “कामपाले बजार अनुगमन गर्दा केन्द्रबाट पनि अनुगमन टोली, सुरक्षा निकायसहितको सहभागितामा मात्र गर्ने गरेको छ । आन्दोलनका कारण सरकारका सबै संयन्त्रहरू काममा फर्किसकेको अवस्था नभएकाले आगामी सातादेखि मात्र अनुगमन गरिने तयारी गरिएको हो ।”

पालिका प्रेस
थप जानकारी