मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ स्थित चिरुवाखोलामा पाँच करोड रुपैयाँभन्दा बढीको लागतमा पक्की पुल निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकारको लगानीमा बागमती गाउँपालिका–३ मा लखनखहरे–ज्ञानमन्दिर आधारभूत विद्यालय चिरुवागढन जोड्ने गरी चिरुवाखोलामा निर्माण हुने भएको हो ।
पाँच करोड पाँच लाख ५३ हजार रुपैयाँको लागतमा आगामी २०८३ असार ३० गतेसम्ममा निर्माण गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पक्की पुलको लम्बाई ४० मिटर र चौडाई ८.४० मिटर रहेको छ । पुल निर्माणको बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले एक कार्यक्रमका बीच शिलान्याश गर्दै पुल निर्माणपछि स्थानीयको आयआर्जनसँगै जीवनस्तर सुधारमा सहयोग पुग्ने बताए ।
शिलान्यास कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, वडा ३ का वडाध्यक्ष कमानसिं पाख्रिनलगायतको उपस्थिति रहेको थियो । वडाध्यक्ष पाख्रिनले पुल अभावमा स्थानीयले वर्षायाममा समस्या झेल्दै आएको बताउँदै पुल निर्माणपछि गाउँपालिका कार्यालय, जिल्ला सदरमुकाम र उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न स्थानीय बासिन्दालाई सहज हुने बताए । उनले चिरुवाखोलामा पक्की पुल निर्माणपछि पालिकाको विकट बस्तीको रुपमा रहेको चिरुवागढनक्षेत्रका बासिन्दाले उत्पादन गर्ने कृषि तथा पशुजन्य उत्पादन बजारसम्म ल्याउन र स्थानीय आवतजावत गर्न सुविधा पुग्ने बताए ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्