मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारमा प्राइम वेलविइङ चितवनको आयोजनामा एकदिने स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, उद्योग वाणिज्य संघ थाहाका उपाध्यक्ष सुरेन्द्रमान प्रधान, सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ लगायत स्थानीयको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममा “स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति” भन्ने मुख्य सन्देशसहित जनस्वास्थ्यका आधारभूत पक्षहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। प्राइम वेलविइङका तर्फबाट अर्जुन नायर क्षेत्रीले सहजीकरण गरेका थिए । सहभागीहरूलाई दैनिक जीवनशैली, पोषण, मानसिक स्वास्थ्य र रोग रोकथाम सम्बन्धी व्यावहारिक सिकाइहरूको विषयमा सहजकर्ता नायरले सहजीकरण गरेका थिए ।

सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति जागरुकता बढाउन महत्वपूर्ण योगदान पु¥याउने प्रतिक्रिया जनाएका छन् ।

पालिका प्रेस
थप जानकारी