नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा नयाँ प्रमुख हाजिर भएका छन् । पालुङ वितरण केन्द्रमा रामेछापबाट सरुवा भई दिपेन्द्र बुढाथोकी आएका हुन् । बुढाथोकी ८ मंसिरमा पालुङमा हाजिर भएका छन् ।

यसअघि पालुङ वितरण केन्द्रमा कार्यरत प्रमुख रुद्रराज विष्ट चनौली वितरण केन्द्रमा सरुवा भएका छन् ।

सरुवा भई आएका प्रमुख बुढाथोकीको एक कार्यक्रमकाबीच कार्यालयमा ८ मंसिरमा स्वागत गरिएको छ । स्वागत कार्यक्रममा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी