बागमती प्रदेशका १५ स्थानीय तहसंग सीपमूलक तालिमका लागि सम्झौता भएको छ । व्यावसायिक सीप विकास तालिम संचालनका लागि प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् र १५ स्थानीय तहबीच सम्झौता भएको हो । सामाजिक विकास मन्त्रालयमातहत १५ वटा स्थानीय तहबीच सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेको प्रमुख आतिथ्य तथा परिषद्का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाको अध्यक्षतामा २१ पुसमा सम्झौता कार्यक्रम भएको थियो । सम्झौता अनुसार प्रदेशका ८ जिल्लाका १५ वटा स्थानीय तहमा ९ वटा विभिन्न पेशामा छोटो अवधिको सीपमूलक तालिम सञ्चालन गरिनेछ ।
जसअन्तर्गत् मकवानपुर जिल्लाका ६ वटा स्थानीय तह, काठमाडौं र नुवाकोटका २–२ वटा स्थानीय तह तथा सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ र काभ्रे जिल्लाका १–१ वटा स्थानीय तहहरु समेटिएका छन् । कार्यक्रममा बोल्नुहुँदै मन्त्री वादेले बेरोजगार युवाहरुलाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने लयमा प्रदेश सरकार रहेको बताए । परिषद्ले संचालन गरेको सीपमूलक कार्यक्रमले युवालाई रोजगारी प्रदान गर्नुको साथै उद्यमशीलतातर्फ अग्रसर गराएको उनले बताए ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्