मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा आव्हानको सूचना पठाउँदै ३० पुस विहान ११ बजेको संभावित कार्यसूची बारे जानकारी गराएको हो ।
थाहा नगरपालिकाले सभामा संशोधित बजेट तथा कार्यक्रम, थाहानगर खानेपानी व्यवस्थापन बोर्ड ऐनको पहिलो संशोधन र विविध विषयमा छलफल हुने गरी कार्यसूची तय गरिएको सभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले जानकारी दिए । बजेट तथा कार्यक्रमहरु संशोधन हुने भएपछि नगरको विनियोजन ऐन, २०८२ संशोधनको प्रस्ताव रहेको बुझिएको छ । त्यस्तै नगरपालिकाको आर्थिक ऐनमा पनि संशोधनको प्रस्ताव रहने जनाइएको छ । सभामा चालु आर्थिक वर्षको हालसम्मको प्रगतीको समीक्षा समेत हुने भएको छ ।
थाहा नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ (२) बमोजिम संभावित कार्य सूची बारे सदस्यहरुलाई जानकारी गराइएको सदस्य सचिव पौडेलले जानकारी दिए । सभाका लागि आवश्यक तयारी थालिएको पनि उनले जानकारी दिए ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्