स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेकपा माओवादी केन्द्र थाहानगरले चुनावी अभियानलाई तिव्रता दिन थालेको छ । अभियान अन्तर्गत अगुवा कार्यकर्ता प्रशिक्षण, वडा बैठक तथा संभावित उमेद्वारहरुकाबचि छलफल समेत चलाउन थालेको छ ।

यसैबीच बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले नेकपा माओवादी केन्द्र थाहानगरको १ नम्बर वडा कार्यालय १५ चैतमा उद्घाटन गरिन् । १५ चैतमै पार्टीको २ नम्बर वडा कमिटिको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा चुनावी प्रशिक्षण कार्यक्रम भएको छ । पार्टीको २ नम्बर वडा अध्यक्ष शंकर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा थाहा–इन्द्रसरोवरका चुनावी कमान्डर सन्तोष बिष्ट, माओवादी केन्द्र केन्द्रिय सहकारी विभागका केन्द्रिय सदस्य बिष्णुहरि ढकाल ‘जंगली’, माओबादी केन्द्रका प्रदेश सदस्यहरु ज्योति रायमाझी, विष्णु विष्ट ‘आदर्श’, प्रदेश समन्वय समिति सदस्य जगन्नाथ ढकाल, जिल्ला समन्वय समिति सदस्य तथा भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी, नगर अध्यक्ष बिनोद लामालगायतका नेताहरुको उपस्थिती थियो ।

भेलामा अघिल्लो चुनावको आत्म समिक्षा समेत गरिएको थियो ।

त्यस्तै थाहानगरको ३ नम्बर वडामा अध्यक्ष हिरेन्द्र रायमाझीको अध्यक्षतामा भेला भएको छ । कार्यक्रममा माओवादी केन्द्र सहकारी विभागका केन्द्रिय सदस्य विष्णुहरि ढकालले सम्बोधन गरेका थिए । उनले एमालेले चित्लाङको बाटोमा राजनिती गरिरहेको आरोप लगाए । ढकालले भने–‘सडक निर्माणमा बजेट हाल्ने सरकार, काम गर्ने ठेकेदार तर सडक हेर्ने नाममा कथित सरोकारवाला समिती भन्दै जनतासंग खाजा रकम भन्दै पैसा उठाउदै ढुङ्गाा बेचिरहेको छ ।’ माओबादी केन्द्र थाहा नगरका अनुसार १५ चैतमै वडा न १० मा चुनावी रणनीति तयसहित कार्यकर्ता भेला भएको छ ।
भेलाले वडा हरुमा निर्वाचन परिचालन कमान्डर हरुको समेत चयन गरेको माओवादी थाहानगरले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी