लोक सेवा आयोगले बुधबार प्राविधिकतर्फ लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले इन्जिनियर, प्लम्बर, नायव जलविज्ञान सहायक, मेकानिक्स, स्टोर मेकानिक्स, इलेक्ट्रिसियन, अपरेटर, सिनियर मिस्त्री, अमिन, सिनियर गेम स्काउट, सहायक कम्प्युटर अपरेटरको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

‘सामूहिक  परीक्षण  र  अन्तर्वार्ताको  लागि  छनौट  भएका  उम्मेदवारहरूले  पासपोर्ट  साइजको फोटो  २  प्रति,  आवश्यक  न्यूनतम  योग्यता  यकीन  हुने  सम्पूर्ण  प्रमाणपत्र  तथा  अन्यआवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैँले  प्रमाणित गरी  रुजु गराउनु पर्नेछ,’ आयोगले जारी गरेको सूचनामा उल्लेख छ, ‘आवश्यक न्यूनतम योग्यता तथा अन्य  आवश्यक कागजातको प्रमाणपत्रहरु नपुर्‍याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ ।’

पालिका प्रेस
थप जानकारी