मकवानपुरको थाहा नगरपालिकाले समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम संचालन गर्न प्रस्ताव आव्हान गरेको छ । पालिकाले ६ माघमा सूचना प्रकाशित गरी प्रस्ताव माग गरेको हो ।

थाहानगरस्तरीय सिविआर समन्वय तथा अनुगमन समितिको बैठकको निर्णय अनुसार शर्तहरु राखी सूचना प्रकाशित गरेको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेले जानकारी दिए । सूचना प्काशित मितिले १५ दिन भित्र कार्यक्रम संचालनको प्रस्तावना, संस्था दर्ता तथा नवीकरणको प्रमाणपत्र, संस्थाको कार्या अनुभव खुल्ने प्रमाण, अन्तिम लेखा परीक्षण प्रतिवेदन, समाज कल्याण परिषदको आवद्धता प्रमाण पत्रलगायतको कागजात संलग्न राखी प्रस्ताव पेश गर्न सूचनामा भनिएको छ ।

कार्यक्रम संचालनका लागि कुल ३ लाख बजेट रहेको सूचनामा उल्लेख छ । थाहा नगरपालिकालाई केन्द्रित गरेर कार्र्यालय संचालन गरेको संस्थालाई प्रमाथमिकता दिइने प्रकाशित सुचनामा उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी