स्नातक तहका नयाँ विद्यार्थीका लागि भर्ना खुलेको विषयलाई प्रचारप्रसार गर्न पालुङ बहुमुखी क्याम्पसले टिकटक प्रतियोगिता गर्ने भएको छ । अहिले सोसल मिडियामा टिकटकको क्रेज बढिरहेको बेला सोको उपयोग गर्दै क्याम्पसले टिकटक प्रतियोगिता गर्न लागेको हो ।
क्याम्पसमा क्रियाशील स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा हुने प्रतियोगिताको सूचना जारी गरिसकिएको स्ववियु अध्यक्ष पुस्कल श्रेष्ठले जानकारी दिए । आगामी २० भदौसम्म प्रतियोगितामा सहभागी हुन सक्नेगरी जारी सूचनामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कारको घोषणा गरिएको छ ।
टिकटक क्याम्पसको नयाँ विद्यार्थी भर्ना अभियानलाई सहयोग पुग्ने हुनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने टिकटक बढीमा ३ मिनेटसम्मको हुनुपर्ने र उक्त सामग्री उत्पादनकर्ताले आफ्नो टिकटक प्रोफाइलमा अपलोड गरी क्याम्पसको फेसबुक मेसेन्जरमा लिङ्क पठाउनुपर्ने जनाइएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पालुङ बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०८०/८१ का लागि स्नातक तहको बिए प्रथम वर्ष र बिबिएस प्रथम वर्षमा भर्ना खुलेको जनाएको छ । बिएमा अँग्रेजी, समाजशास्त्र, नेपाली र अर्थशास्त्र मुख्य विषय रहेको क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिए ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्