नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको रोजगार समितिको उपसभापतिमा थाहानगर उद्योग वाणिज्य संघका सदस्य शम्भु सिंह कार्की मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत प्रदेश उद्योग वाणिज्य महासंघको गठन तथा संचालन सम्बन्धी नियमावली, २०७३ बमोजिम प्रधानलाई सदस्यमा मनोनित गरेको बागमती प्रदेश अध्यक्ष दिल सुन्दर श्रेष्ठले जानकारी दिए ।

समितिको सभापतिमा भने नेपाल उद्योग वाणिज्य महासंघ बागमतीका सदस्य बिरेन्द्र नाथ भट्टराई रहेका छन् । महासंघको १६ वैशाखमा सम्पन्न बैठकले समितिको सदस्यहरु मनोनित गरेको हो । समितिको सदस्यहरुमा हिटको प्रालिका प्रदिपमान प्रधान, क्वालिटी किचन इन्भेस्टमेन्ट प्रालिका उज्वल सत्याल,भ्याली कोल्ड स्टोरका सक्षम घिमिरे, बाघभैरव प्रीन्टिङ हवका सुकदेव जोशी र नेपाल औषधि उत्पादक संघका सदस्य सन्तोष बराल मनोनित भएका छन् ।

थाहानगरको पालुङ जेसीज भवनमा ३२ साउनमा भएको बागमती प्रदेशस्तरीय विषयगत समिति परिचयात्मक कार्यक्रमको अवसरमा मनोनित सबैलाई शुभकामनासहित प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा महासंघ बागमती प्रदेशका पदाअधिकारी तथा विषयगत समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गत १ दर्जन बढि विषयगत समितिहरु गठन भएका छन् ।

पालिका प्रेस
थप जानकारी