लायन्स क्लव अफ थाहा पिस र लियो क्लव अफ पिस थाहा नगरको आयोजनामा २ भाद्रमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङ परिसरमा वृक्षारोपण गरिएको छ । लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष तथा लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ एमका सिनियर एड्भाइजर सुरेन्द्रमान प्रधानले प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा धूपीको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा लायन्स २०२३/०२४ का अध्यक्ष गीता कार्की, निवर्तमान अध्यक्ष जयराम खत्री, लियो क्लवका अध्यक्ष रोशनी गोपाली, पूर्व अध्यक्ष कमल विष्ट, स्वास्थ्य केन्द्रका डाक्टर गगन कार्कीलगायतको सहभागिता थियो ।

धूपी, काईयो, लौठसल्लालगायतका विभिन्न प्रजातिका विरुवा रोपेका छन् । क्लवले प्रत्येक ५–६ महिनाको अवधिमा मलजलसहित गोडमेल समेत गरिने जनाएको छ ।

पालिका प्रेस
थप जानकारी