झिमरूक गाउँपालिका वडा नं.५, ढाँड स्थित निर्माणाधीन १५ शैया अस्पतालको शिलान्यास कार्यक्रम आज सम्पन्न भएको छ ।
झिमरूक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री ज्यूले निर्माणाधीन भवनको जगमा विधिपूर्वक इटा राखी शिलान्यास गरेका हुन् । नेपाल सरकार संघीय ससर्त अनुदानमा निर्माण हुन लागेको उक्त भवन नव सिर्जनशील / एस. जि.भी. कम्पनीले ठेक्का मार्फत निर्माण कार्य अगाडि बढाएको छ । पि.एस. र भ्याट बाहेक रू २०,१२,१९,०३२.२६ /- रकम बराबरको बजेटमा निर्माण हुन लागेको उक्त शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल ज्यू, प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेलसहित विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखामा कार्यरत शाखा प्रमुखहरू, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरू,विभिन्न शाखामा कार्यरत अन्य कर्मचारी र जग्गा दाताहरूको समेत उपस्थिति रहेको थियोे ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्