संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कारको नाम सिफारिस गर्न समयसीमा थप गरेको छ । मन्त्रालयले ३१ साउनमा सूचना प्रकाशन गरी म्याद थपेको हो । १५ साउनमा पहलिो पटक नाम पठाउन माग गरिएकोमा निर्धारित समयसीमाभित्रै सबै निकायबाट सिफारिस प्राप्त नभएकोले म्याद थपेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत्र १४ गतेको बैठकले निजामती पुरस्कारका लागि सिफारिस माग गरिएकोमा चैत्र महिनामा जम्मा २ वटा मन्त्रालयबाट मात्र पुरस्कारका लागि कर्मचारीहरूको विवरण प्राप्त भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी ५ भदौ भित्र सन्तुलित रुपमा छनौट गरी संघीय मामिला तथा सामान्य प्रशासनको सचिवालयमा विवरण पठाउन परिपत्र गरेको छ ।
करिब एक लाख हाराहारी कर्मचारीको बीचबाट एक जनालाई २ लाख राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार, १ लाख राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइन्छ ।
सरकारका मुख्य सचिवको संयोजकत्वमा हुने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गर्छ। विगत चार वर्षदेखि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसैले पाउन सकेका छैनन् ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्