राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसको अवसरमा ललितपुरकाे मंगलदीप बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको छ ।
गत पुसमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारण सभामा विभिन्न विधामा पुरस्कार तथा सम्मानका लागि छनोट भएका व्यक्ति तथा सहकारी संस्थाहरुलाई शुक्रवार राष्ट्रिय सहकारी महासंघको सभा हलमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । महासंघका अध्यक्ष मिनराज कँडेल र बैंकका अध्यक्ष के.बी.उप्रेतीले सम्मानित व्यक्ति र पुरस्कृत संस्थाका पदाधिकारीहरूलाई प्रशंसा पत्र सहित पुरस्कार प्रदान गरेका थिए ।
उत्कृष्ट काराेबार शिर्षकमा मंगलदीप बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेकाे हाे । सम्मान ग्रहणकाे निम्ति संस्थाका अध्यक्ष नवराज बिष्ट तथा अन्य सन्चालक समितिका पदाधिकारीहरु उपस्थित थिए । पछिल्लाे समय सहकारी क्षेत्रलाई गार्हो परेकाे अवस्थामा समेत मंगलदीप सहकारीले उत्कृष्ट काराेबार गर्न सफल भएकाेमा सम्मानकाे निम्ति छनाेटमा परेकाे हाे । मंगलदीप सहकारी संस्थाकाे पालुङ सेवा केन्द्रमा गतवर्ष भन्दा ५५ प्रतिशतले काराेबारमा बृद्घि भएकाे संस्थाका अध्यक्ष बिष्टले जानकारी दिए ।
मंगलदीप सहकारी संस्थाकाे काराेबार पुर्ण रुपमा डिजिटलबाट संचालान हुँदै आएकाे छ । संस्थाकाे माबाईल एपबाट सदस्यहरुले जुनसुकै बेला आफ्नाे खाता बाट बैंकमा ट्रान्सर्फर गर्न सक्ने, “क्यु आर” स्क्यान बाट सामान खरिद तथा भुक्तानी गर्न सकिने साथै जुनसुकै काराेबारकाे एसएमएस माेबाईलमा आउने र आफ्नाे पैसा आफुले जुनसुकै बेलामा पनि उपयाेग गर्न मिल्ने सुबिधाले मंगलदीप बचत तथा ऋण सहकारी संस्था प्रति सदस्यहरुकाे बिस्वास बढ्दै गएकाे छ ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्