गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालको सरुवा भएको छ ।

२०७८ चैत्र ७ गतेदेखि गैँडाकोट नगरपालिकामा प्रमुख प्रशाकीय अधिकृतको रुपमा रहेका रिजालको गृहमन्त्रालयमा सरुवा भएको हो । उनलाई नगरपालिकाले आजै विदाइ समेत गरेको छ ।

रिजालको सरुवा भएसँगै गैँडाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा झविन्द्र खनाल आउने भएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत खनाल गैँडाकोट आउन लागेको स्रोतले बताएको छ ।

पालिका प्रेस
थप जानकारी