विनोद प्रकाश सिंह

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोद प्रकाश सिंहले पाएका छन् । ६ भाद्रको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । ८ भाद्रमा सिंहले सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन्

हाल कृष्णहरि पुष्कर सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । सामान्य प्रशासनमन्त्रीमा अनिता देवी नियुक्त भएलगत्तै मन्त्रालयको सचिव फेरिएका हुन् ।

यसअघि सिंह प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सामाजिक विकास तथा प्रादेशिक समन्वय मामिला हेर्ने सचिव थिए । सिंहले गृह मन्त्रालयमा समेत सचिवको जिम्मेवारी सम्हालेका थिए ।
सिंहलाई सामान्य प्रशासनमा ल्यएपछि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

पालिका प्रेस
थप जानकारी