दारको ठेकीका लागि प्रख्यात मकवानपुरमा अहिले दार प्रजातीका बिरुवा नै लोप हुने अवस्थामा पुगेको छ । कुनै समय मकवानपुरमा बनेका ठेकी देशभरी बिक्रि हुन्थे र मानिसहरु खोजिखोजि मकवानपुरे ठेकी लिन आउथे तर अहिले यो लोप हुने अवस्थामा पुगेको छ ।
यसै तथ्यलाई मध्यनजर गरेर मकवानपुरका डिभिजन वन कार्यालयहरुले यसको प्रवर्धन गर्न अभियान नै संचालन गरिरहेको छ । अभियान अन्तरगत दारका बृक्षारोपणसंगै मकवानपुरको पहिचान दारलाइ स्थापित गर्न मकवानपुरका दुवै डिभिजन वन कार्यालयहरु लागेका छन् । यसका लागि डिभिजन वन कार्यालय राप्तीले पकेट क्षेत्रकै रुपमा विकास गर्ने गरि भीमफेदी १, बुङदल, स्थित दरवारडाडा सामुदायिक बनमा अघिल्लो वर्षदेखि नै काम सुरु गरेको छ । भने, डिभिजन वन कार्यालय मकवानपुरले केहि दिन अगाडी मात्र १ हजारवटा दार प्रजातीको विरुवा वृक्षारोपण गरेको छ ।
“मकवानपुरको चिनारी दारको संरक्षणका लागि भीमफेदी १, बुङदल, स्थित दरवारडाडा सामुदायिक बनमा गत असारमा ६५० दारको बिरुवा रोपन गरेका थियौ, यो आवको कार्यक्रममा पुनः ८५० दारको बिरुवा रोपन गरेर यसलाई पकेट क्षेत्रको रुपमा बिकाश गर्ने उद्देश्य छ ।” डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले भने । उक्त क्षेत्रमा बृहत योजना बनाइ यसलाई अध्ययन, अनुसन्धानको क्षेत्र समेत बनाउने अभियानमा रहेको बताए ।
उनले मकवानपुरमा धेरै प्रकारका बहुमूल्य प्रजातीका विरुवाहरु रहेको बताउदै मकवानपुरकै चिनारीका रुपमा रहेको दारको संरक्षण गरी लोप भएको दारको ठेकीको पहिचान बचाउन सबैलाई आग्रह गरे। विश्वमा धेरै प्रजातीको विरुवा लोप हुदै गएको र यसले मानिसलाई संकटमा पार्न सक्ने भएकोले संरक्षण आवश्यक भएको भन्दै उहाँले दारको संरक्षण गरी मकवानपुरको दारको ठेकीलाई आर्थिक उपार्जनको रुपमा विकास गर्नुपर्ने समेत बताए ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्