मकवानपुर थाहानगरको निर्माण अपुरो भएको फल्चा संरक्षणका लागि स्थानीय युवाहरुले प्लाष्टिकले छोपेर राखेका छन् । थाहा नगरपालिका वडा नम्बर २ पालुङ शहरको डबलीमा रहेको ऐतिहाँसिक सम्पदा ‘लाम्पाटी’ (फल्चा) निर्माणको क्रममा अपुरो भएपछि स्थानीय युवाहरुले प्लाष्टीकले छाएका हुन् ।
बागमती प्रदेश पर्यटन विकास आयोजना समेतको सहयोगमा अघिल्लो आर्थिक वर्ष फल्चाको निर्माण गरिएको भएपनि छानो हाल्ने बजेट अभावमा रहेको थियो । अपुरो सम्पदालाई बजेट विनियोजन गर्नका लागि प्रदेश र पालिका सरकारसंग पहल गरेको भएपनि चालु आर्थिक वर्षका लागि कुनैपनि निकायबाट बजेट विनियोजन नभएपछि बनेको संरचना संरक्षणका लागि युवाहरुले प्लाष्टीकले छाएका हुन् । संरचना अपुरो भएपछि स्थानीय निरोज प्रधानले सरकारलाई इङ्कित गर्दै भने–‘सबैले देखेको स्थानीय सरकारले नदेखेको फल्चा ।’
ऐतिहासिक उक्त सम्पदा थाहा नगरपालिका वडा नम्बर २ को आँगतनसंगै जोडिएको छ । यहाँ नेवारी परम्परा अनुसार भजन तथा अन्य साँस्कृतिक क्रियाकलाप हुने गरेको छ । फल्चासंगैको २ वटा ढुङ्गे धारा भने बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट यसअघि पुर्ननिर्माण भएको छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्