थाहा नगरपालिकामा पहिलोपटक मिस्टर एण्ड मिस थाहा ट्यालेन्ट शो प्रतियोगिता शुरु भएको छ । थ्री बोदर्श फोटोग्राफीले प्रतियोगिताको आयोजना गरेको हो । शनिबार प्रतियोगिताको पहिलो अडिशन सम्पन्न भएको छ ।
आयोजकका अनुसार पहिलो अडिशनमा मिस थाहाका लागि ४५ जना र मिस्टर थाहाको लागि ५ जनाले सहभागिता जनाएका छन् । केही सहभागीहरु शनिबार आउन छुटेकोले केही दिनमा सहभागी संख्या थपिन सक्ने आयोजकले जनाएको छ । १० देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरु सहभागी उक्त प्रतियोगिताको प्रथम अडिशन जेसीज हलमा सम्पन्न भएको हो । पालुङ जेसीजले प्रतियोगिताका लागि हल निःशुल्क रुपमा उपलब्ध गराएकाे छ ।
प्रतियोगिताको फाइनल ३० भदौमा हुनेछ । प्रथम अडिशन सम्पन्न भएसँगै सहभागीहरुलाई व्यक्तित्व तथा क्षमता विकास सम्बन्धी सीपमा सहभागी गराइने आयोजकले जनाएको छ । फाइनलमा सौन्दर्य प्रतियोगिताबाट दुबैतर्फ विनर, फस्ट रनर अप, सेकेण्ड रनर अप र ब्राण्ड एम्बेसेडर घोषणा गरिने आयोजकले जनाएको छ ।
फाइनलमा विजेतालाई आकर्षक पुरस्कार रहेको उक्त प्रतियोगिताको निर्णायकहरुमा विजयश्याम अमात्य, अस्मिता तामाङ र सेन्जल पौडेल रहेका छन् ।
तस्वीरहरु : श्रीकृष्ण श्रेष्ठ



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्