बागमती प्रदेशले विश्व बिद्यालय स्थापना र सञ्चालनका लागि चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विश्व विद्यालय स्थापनाका लागि काम भैरहेको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले जानकारी दिइन् ।

प्रदेश विश्व बिद्यालयको कार्यालय अहिले सामाजिक विकास मन्त्रालयको भवनमा रहेपनि त्यसले आफ्ना काम सञ्चालन गर्दै गएको बताउँदै उनले भनिन्–‘विश्व विद्यालय सञ्चालनका लागि अहिले प्रतिवेदन लेखनको काम भइरहेको छ । यही भदौ २३ गतेसम्म समितिले प्रतिवेदन बुझाएपछि काम दु्रत गतिमा अगाडी बढ्छ ।’ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश विश्व विद्यालयको कार्यालय उद्घाटनपछी यसका लागि काम पनि भइरहेका छन् ।

विश्व बिद्यालय कहानिर बनाउने भन्नेमा छलफलको काम पनि चलिरहेको मन्त्री मुक्तानले बताइन् । उच्च शिक्षाको विकासको लागि विश्वविद्यालयबाट काम गर्न लागिएको हो । बागमती प्रदेशले सार्वजनिक विश्वविद्यालय स्थापना गर्न धेरै पुँजी लगानी गर्नुपर्ने छ । सार्वजनिक विश्वविद्यालयको जताजतै क्याम्पसहरु नहुने तर अध्ययन अनुसन्धान केन्द्र, परीक्षा केन्द्र तथा सामुदायिक क्याम्पसहरु सदस्य हुन सक्ने व्यवस्था छ ।

बागमती प्रदेशको १३ जिल्लाको भूगोल, राजस्व आम्दानी, पढाईमा भएका खर्चहरू, पढाई हुन सक्ने पाठ्यक्रमहरू लगायतमा जिल्लैपिच्छे अध्ययन गरेर प्रतिवेदन तयार पारिदै छ ।

पालिका प्रेस
थप जानकारी