झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री र निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसी बिच भेटघाट गरेका छन् । आइतबार भेटका अवसरमा पालिकामा भैरहेको पछिल्लो घटनाक्रम र आर्थिक वर्ष शुरु हुनैलाग्दा झिमरुकको दिगो बिकासका सवालमा कुराकानी भएको बताइएको छ ।

झिमरुकका गौरवका आयोजनाहरु सम्पन्न गर्ने र यहाँका समग्र बिकासको बिषयमा छलफल भएको थियो । खास गरि मदन भण्डारी राजमार्ग दायाँबायाँ पर्ने भौतिक संरचना र अन्य सहायक सडकको स्तरोन्नति लगाएको शिक्षा स्वास्थ्य कृषी लगाएरको बिषयमा साझा धारणा बनाएर जानुपर्ने भेटमा कुराकानी भएको छ । अहिले झिमरुकमा एउटा राम्रो बहुउद्देश्यीय रुममा पाएक पर्ने स्थानमा सभाहल आवश्यक खड्किएकोले जग्गा प्रप्ती र अन्य प्रक्रिया अगाडि बढाउन आवश्यकता देखिएकोले पहल थाल्न निवर्तमान अध्यक्ष जिसीले बर्तमान अध्यक्ष एमसीलाई सुझाव दिएका छन् ।

उनले छलफलकै क्रममा एउटा बृहत खालको लाइब्रेरी बनाउने गरि छिट्टै पहल थाल्न सुझाव दिए । झिमरुककाको समग्र समृद्धिको लागि एक अर्काबिच अनुभव आदानप्रदानले सकारात्मक सन्देश दिने अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । साथै, झिमरुकको बिकासमा सबैको रचनात्मक सहयोगले मात्र सम्भव हुने भएकोले तपाईंको सहयोग आवश्यक रहेको अध्यक्ष महतरा क्षेत्रीले बताउनुभयो । अहिले झिमरुकमा जुन गतिविधि भैरहेको छ यो राम्रो भएन निवर्तमान अध्यक्ष तिलक बहादुर जिसीले भन्नुभयो,”समन्वय अभाव देख्छु।” झिमरुक राम्रो,नराम्रो जे भएपनि जस अपजस हामी सबैलाई जाने हो मिलेर गर्नुको विकल्प छैन उहाले भन्नुभयो । नीति निर्माण तहमा बसेर नीति निर्माण गरेर लैजाने जनप्रतिनिधिलाई जस्तोसुकै गर्न छुट हुँदैन त्यसैले गम्भीर हुन आग्रह गर्नुभयो । कर्मचारीलाई काम गर्ने बाताबरण बनाइदिने र हामिले बाहिरबाट नियमन र हाउसमा बसेर छलफल गरि आवश्यक नीति नियम बनाइदिने हो। कर्मचारीलाई कार्यान्वयन गर्न सघाउने हाम्रो दायित्व बताउनुभयो ।

पालिका प्रेस
थप जानकारी