
माईजोगमाई गाउँपालिकाको नयाँबजार माईजोगमाई गाउँपालिकाकै ठूलो बजार भएको र यो बजारलाई ब्यवस्थित बनाउन पहल गर्ने बजार बासीलाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले धन्यवाद समेत ब्यक्त गरेका थिए । माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधिहरु गाउँपालिकालाई स्वच्छ र सुन्दर बनाउन प्रयत्नशिल रहेको समेत उहाले बताउनुभयो । बोतल लगायतका सामाग्री बिच बाटोमा नफाली सुरक्षित ठाउमा राख्नको लागि पालिका अध्यक्षले अनुरोध समेत गरेका थिए । ठूला ठूला संरचना बन्दैमा मात्र पालिकाको बिकास नहुने र पालिका बासीको बानीको समेत बिकास गर्नुपर्ने कुरा समेत उनको भनाइ थियो । साथै माईजोगमाईको नयाँबजारमा बनाईएको सरसफाई कार्ड सबैले बनाएर नविकरण समेत सबैले गर्नुपर्ने र नविकरण समेत नगरेमा कानुन बमोजिम गर्ने माईजोगमाई गाउँपालिका अध्यक्ष थेवेले बताउ ।

अभिमुखिकरण कार्यक्रममा उपस्थित सबैलाई स्वगत मन्तब्य राख्दै गाउँपालिका उपाध्यक्ष प्रविना राईले डस्विन बितरण पछि केहि दिनमा नै अनुगमन गर्ने कुरा समेत बताइन् । पहिलो कार्यकालमा डम्पीङ साईडको स्थापना गरेको र त्यसमा पनि समस्या आउने भएको हुदा नकुईने फोहोरलाई बिभिन्न रुपमा प्रयोग गर्ने र कुईने फोहोरलाई कम्पोष्ट मल बनाउन प्रयोग गरेमा बातावरण प्रदुर्षण कम हुने , नयाँबजार लाई स्वच्छ बनाउन सबैजना लाग्नु पर्ने माईजोगमाई गाउँपालिका वडा नं १ का वडा अध्यक्ष याम कुमार कार्कीले बताए ।

गाउँपालिकाले गर्दै आएको यस प्रकारको काममा बजार बासीको समेत सहयोग रहने बजार ब्यस्थापन समितिका उपाध्यक्ष पुनम गुरुङले बताए ।फोहोरलाई बर्गीकरण गरी कुईने फोहोरलाई कम्पोष्ट मल बनाउने र नकुईने फहोरबाट अन्य सामग्री बनाउन सकिने कुरा कार्यक्रमका सहजकर्ता राम रिमालले सहजीकरण गर्ने क्रममा बताए । माईजोगमाई गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन गाउँपालिकाका कम्प्युटर अपरेटर तथा राजश्वरसहकारी शाखा प्रमुख अशोक लिम्बुले संचालन गरेका थिए ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्