मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ मा निःशुल्क दन्त शिविर भएको छ । शिविरमा ८ सय ३५ जनाको दन्त स्वास्थ्य परीक्षण गरिएको थियो ।

पालिकाको ३ नम्बर वडा कार्यालय र सिस्नेरी स्वास्थ्य चौकीको संयुक्त आयोजना तथा PSD Nepal and Mission On Mercy, Kuwait को प्राविधिक सहयोगमा ९ देखि ११ भाद्रसम्म २ दिन निःशुल्क दन्त उपचार शिविर संचालन भएको थियो । शिविरमा दाँत सफा गर्ने, दाँत निकाल्ने तथा सिमेन्ट भर्ने कार्य गरिएको थियो ।

शिविर उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष देवकृष्ण पुडासैनी, उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीइ अधिकृत प्रलाद कार्की, वडाध्यक्षहरु तथा कर्मचारी र स्वासथ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

पालिका प्रेस
थप जानकारी