नेकपा एमालेका सचेतक तथा मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–२ का सांसद महेश कुमार बर्तौलाले सामाजिक सुरक्षा कोषको ऐन संसोधनमा सरकारले लापरवाही गरेको बताएका छन् । योगदानमा आधारीत सामाजिक सुरक्षा कोषको ऐनलाई संसोधन गर्न दफा २९ मा ल्याईएको सामाजिक सुरक्षा कोषको सदस्य मात्रै हुने तथा अध्यक्ष नहुने व्यवस्था गरिएकोमा एमाले सचेतक बर्तौलाले सरकारले लापरवाही गरेको बताए ।
‘सरकारले ल्याएको केहि नेपाल ऐन संसोधनको सैदान्तिक विषयमा छलफल गर्दै लापरवाही भएको कुरा कानुन मन्त्रालय र कानुन मन्त्रीलाई जानकारी छ कि छैन ?’ १२ भाद्रको प्रतिनिधिसभाको बैठकमा उनले प्रश्न गरे । प्रतिनिधि सभाको बठकमा बोल्दै हिंसात्मक गतिविधि गर्ने समुहहरु अपराधी हुन कि राजनीतिक समुह हुन् ? सांसद बर्तौलाले सरकारलाई प्रश्न राखे ।
उनले भने–‘हामी १७ बर्ष देखि द्वन्दका बिषयहरु र संक्रमणकालिन द्वन्दका घटनालाई टुंगाउनका लागि काम गरिरहेका छौं । सरकारले ल्याएको ऐन संसोधनमा हिंसात्मक गतिविधि गर्नेहरूलाई बचाउनका लागी सरकार आफै राजनितीक समुहको आवरण दिएर संशोधन लेराइरहेको छ ।’ सरकारको आयु संग जोडेर जब यस्ता घटनालाई हेर्न खोज्छस त्यतिबेला हाम्रो विधिको शासन, लोकतन्त्र, मानव अधिकार कहाँ पुग्छ ? त्यसर्थ, यो बिषयलाई गम्भिरताका साथ लिन पनि सरकारको सांसद बर्तौलाले ध्यानाकर्षण गराएका थिए ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्