मकवानपुरमा अखिल नेपाल किसान महासंघ (अप्फा) को जिल्ला भेला तयारी समिति गठन भएको छ । केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यमा २३ भाद्रमा सम्पन्न भेलाले समिति गठन गरेको हो ।
भेलामा अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्की र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य निरबहादुर सिन्तानले शुभकामना दिएका थिए । भेलाले दिनेश विष्टको संयोजकत्वमा सात सदस्यीय अप्फाको मकवानपुर जिल्ला समिति गठन गरेको छ ।
समितिको सदस्यहरूमा उत्तरबहादुर गोपाली, आत्माराम कार्की, नवीना गोले, निरबहादुर सिन्तान, शोभा गोपाली र विक्रम विष्ट रहेका छन् । दिनेश विष्टको अध्यक्षतामा सम्पन्न उक्त भेलाले आगामी असोज २७ गते प्रत्येक पालिकाबाट प्रतिनिधित्व हुने गरी पालुङमा प्रशिक्षण भेला आयोजना गर्ने निर्णय गरेको छ ।



















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्