बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेशबाट विनियोजित बजेटबाठ सञ्चालन भएका योजनाहरु परिणाममुखी भएको बताएका छन् । योजना छनौंटमा प्रभावकारीता विश्लेषण गरी सञ्चालन गरिएको हुँदा योजनाहरु नतिजामुखी भएको उल्लेख गरे । मुख्यमन्त्री जमकट्टेल २३ भाद्रमा थाहानगर हुँदै प्रदेश राजधानी हेटौंडा जाने क्रममा थाहा नगरका महिला कर्मचारीले आयोजना गरेको तिज बिशेष कार्यक्रममा यस्तो बताएका हुन् ।
मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकारबाट निर्माण भैरहेको थाहा स्मारक पार्क, थाहा शीतभण्डार, थाहा बसपार्क, आँखा उपचार केन्द्रलगायत दामगाडे महादेबबेसी सडक, कुन्छाल कुलेखानी सडकलाई निरन्तर सहयोग भैरहने प्रतिवद्धता व्यक्त गर्दै तरकारी पकेट क्षेत्रको लागि समेत प्रदेश सरकारबाट काम भैरहेको बताए । थाहा नगरपालिका पर्यटकीय नगर भएकोले यहाँको पर्यटन प्रवद्र्धनका लागि थाहा स्मारक पार्कले महत्वपूर्ण हुने मुख्य मन्त्री जम्मकटेलको भनाइ थियो । पार्कको लागि स्रोत व्यवस्था गरेर छिटै निर्माण सकेर आम्दनीको स्रोतको रुपमा अघि बढाउन मुख्य मन्त्री जम्मकटेलले सुझाव दिए । पर्यटन प्रवद्र्धनमा नगरले प्रभावकारी योजना संचालन गरेको र यसलाई पूर्णता दिन आफ्नो तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाए ।

भेटमा नगर प्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, वडा अध्यक्षहरु हेरमान गोपाली, हिरेन्द्र रायमाझी, बिष्णु बहादुर गुरुङ लगायतकाको सहभागिता रहेको थियो ।



















































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्