तुलनात्मक रुपमा धेरै अनुसन्धान तथा खोज हुने, काठमाण्डौ उपत्यकालाई उद्गम थलो बनाएका, धर्म, संस्कार, सस्कृति र सभ्यतालाई जिवन्त राख्दै, अन्य जातजाती भाषाभाषी भन्दा सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक जस्ता विविध पक्षले सम्पन्न रहेको, एक समुदाय, जँहा कुनै पनि प्रकारको जात, नश्ल र धर्म विशेष नभई, एक भाषिक समुदायलाई हामी नेवार समुदाय भनी चिन्छौंं । यही नेवार समुदायमा मनाइने विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्व मध्येको एक विशेष जात्रा हो–इन्द्रजात्रा ।

नेवार समुदायको विशेष पहिचान बोकेको यस जात्रा, भाद्र शुक्ल द्वादशी (ञंलाथ्व शुक्ल द्वादशी) का दिन बसन्तपुरमा इन्द्रध्वजा सहितका लिड्डो (यःसीं) ध्वजोत्थानबाट शुरुवात भएर आश्विन कृष्ण चतुर्थी (ञंलागा चतुर्थी) का दिन लिड्डो (यःसीं) पतन गरी ८ दिन सम्म मनाइन्छ । यस इन्द्रजात्रालाई नेपाल भाषामा ञं याः भनिन्छ । विभिन्न किवंदन्ती, लेख तथा अग्रजका भनाई अनुसार, हाम्रो नेपाली वर्णमालाको हरेक अक्षरले कुनै न कुनै भगवानलाई संकेत गर्दछ । जसमध्ये “ञ” अक्षरले भगवान इन्द्रलाई अकिंत गरेको हुन्छ र नेपालभाषामा पनि इन्द्रलाई ञमाःद्यः भनिन्छ, “याः” भन्नाले यात्रा वा जात्रा भन्ने बुझिन्छ भने “पून्हि” चाँही पुर्णिमालाई भनिन्छ । यही ञं याः (इन्द्रजात्रा) विशेष गरी पूर्णिमाका दिन मनाइने हुँदा ञं याः पून्हि भन्न थालियो र अपभ्रसं हुदैं येँयाः पून्हि भनिएको भनिन्छ ।

 

फोटोः इन्द्रजात्रा फेसबुक वालबाट

यसै गरी विभिन्न संस्कृतिविद्का लेख तथा अनुश्रुति अनुसार, पाँचौ दशक भन्दा अगाडी हरेक मानिसले परिचय लिँदा दिँदा कुन जात्रा मान्ने मान्छे भनेर परिचय लिने दिने चलन थियो र आफू इन्द्रजात्रा मान्ने मान्छे भनी परिचय दिए, उ काठमाण्डौवासी भन्ने बुझिन्थ्यो । काठमाण्डौलाई नेपाल भाषामा येँ भनिन्थ्यो । विशेषगरी काठमाण्डौमा मनाईने भएकोले नेपालभाषामा यस जात्रालाई येँयाः भनिएको भन्ने कथन पनि रहेको छ । जे जस्तो कथन रहेपनि यस जात्रामा विशेष गरि भगवान गणेश, इन्द्र, भैरवका साथै हामी नेपालीहरुको जिवित देवी कुमारीको पुजाआजा तथा रथ यात्रा गरी राष्ट्र प्रमुख सहित स्वदेशी तथा विदेशी पाहुनाहरुको उपस्थितीमा धुमधाम सँग मनाइन्छ ।

यस जात्राको बारे विभिन्न किवंदन्ती रहेको छ । वर्षा तथा सहकालका देवता इन्द्रले परापुर्वकालमा आफ्नो पुजा नगरेका कारण कहिले अतिवृष्टि त कहिले अनावृष्टि गराएर वालीनाली विगार गरिदिने तथा जनजीवनमा चट्याङ्ग, वर्षा, हावाहरी जस्ता प्रकोपबाट दुःख दिने गर्दथे । गणेश चतुर्थीका दिन इन्द्रका आमा व्रत बस्छिन र उनलाई पुजाको लागि पारिजात फूलको आवश्यकता पर्छ । सो फूलको व्यवस्था गर्नलाई उनले छोरालाई आदेश दिन्छिन तर भगवान कृष्णले सत्यभामाका लागि, स्वर्गबाट पृथ्वीलोक आउँदा पारिजात फूल संगै लिएर आएको हुन्छ । सो फूल स्वर्गलोकमा नपाएपछि, इन्द्रदेवले आफ्नो आमाको आदेश बमोजिम, रुप परिवर्तन गरी, आफ्नो बाहन ऐरावत सहित, पारिजात फूल खोज्दै काठमाण्डौ आईपुगे । ऐरावत हात्तीलाई फूल टिपी आउँछु भनी नजिकै जंगलमा छोडी, हालको भीमसेन स्थानको एक बगैंचामा गएर पारिजात फूल टिप्न थाले । फूल टिप्दै गर्दा, त्यस बगैंचाका मालीले अनुमति विना फूल टिपेको देखेर, माली तथा त्यहाँका बासिन्दाले इन्द्रलाई चोर सम्झी पक्राउ गरे र तन्त्रविधिले बाँधिएको एक डोरीले मरुटोलमा ल्याई बाँधिदिए । कँही कतै जनै पूर्णिमामा बाँधीएको डोरोरजनैले इन्द्र बाँधिएको पनि भनिन्छ । जुन बाँधीएको डोरी फुकाउन इन्द्रले पनि सकेनन । उनले आफू स्वर्गको राजा इन्द्र भएको पनि बताए तर रुप परिवर्तन गरेकोले स्थानियले चिनेनन् । धेरै समय सम्म पनि आफ्नो छोरा स्वर्गलोक नफर्के पछि, इन्द्रका आमा, इन्द्रलाई खोज्न हिडेँे । ऐरावत हात्ती पनि इन्द्रलाई नभेटेर काठमाण्डौमा भौतारिरहेका थिए । आमा र ऐरावत हात्तीले इन्द्रलाई मरुटोलमा बाँधिएको अवस्थामा भेट्टाए । स्थानियहरुलाई इन्द्रका आमाले सबै वेली विस्तार लाएपछि, इन्द्रलाई बन्धनमुक्त गराउनका लागि, इन्द्र र इन्द्रका आमाले स्थानियसंग कुहिरो र शीत दिने वाचा गर्छन् र इन्द्रलाई बन्धन मुक्त गरी, ऐरावत हात्ती सहित, हाल चन्द्रागिरी नगरपालिकामा अवस्थित इन्द्रदहमा नुहाएर स्वर्गलोक फर्किएको भनिन्छ । त्यही कुहिरो तथा शीतले गर्दा समय मै धानवाली पाक्न थालेको तथा चट्याङ्ग, वर्षा, हावाहरी जस्ता प्रकोपबाट पनि जनजीवन सहज र साधारण हुँदै गएको हुँदा इन्द्रजात्रा मनाउन थालिएको भन्ने किंवदन्ती रहेको छ ।

फोटोः RONB फेसबुक वालबाट

यसै गरि विभिन्न अनुश्रुति अनुसार भाद्र महिना पछि वालीनाली पाक्ने समय शुरु हुने तथा जनजीवनका लागि पनि वर्षा पर्याप्त भई, नँया ऋतुको शुभारम्भ हुने समय भएको हुँदा, वर्षा रोकिदिनका लागि वर्षा तथा सहकालका देवता इन्द्रलाई खुसी पार्नका लागि यो जात्रा मनाउन थालिएको भन्ने किंवदन्ती पनि रहेको छ ।

यस्तै गरि कहिँकतै यस जात्रालाई कृष्ण र इन्द्रको युद्ध संग पनि जोडिएको पनि पाइन्छ । भगवान कृष्णले जनताबाटको प्रगाढ माया प्रेम पाएको देखेर इन्द्रदेवलाई असह्य भएको थियो । कृष्ण तथा कृष्णलाई माया गर्ने जनता प्रति इन्द्र देव निरंकुश हुँदै थिए । यता कृष्णले जनतालाई गोवद्र्धन पूजा गर्न लगाएपछि, वर्षा र मेघका देवता इन्द्र रिसले चुर भई असिना, पानी, चट्याड्ड वर्षाएर दुःख दिन थाले तर कृष्णले गोवद्र्धन पर्वत उठाई इन्द्रलाई हार्न बाध्य बनाएका थिए । त्यसैले यस दिन इन्द्रको निरंकुशता समाप्त भई जनता खुसी छाएको दिन भनी जात्रा मनाउन थालिएको भन्ने किंवदन्ती पनि रहेको छ ।

यसै गरि इन्द्रध्वजा यःसींको बारेमा पनि विभिन्न किंवदन्ती रहेको छ । प्राचिनकालमा देवताहरु, देवासुर र असुरहरु ज्यादती विरुद्ध ठुलो युद्धको लागि तयारीमा लागे । देवताहरुको पक्षलाई विजयी गराउनका लागि, देवताहरुले एक विजयी ध्वजा बनाई, पुजाआजा गरि इन्द्रदेवलाई हस्तान्तरण गरे र सोही ध्वजा इन्द्रदेवले समाएको हुँदा, त्यसको नाम इन्द्रध्वजा रहन गयो । नेपाल भाषामा सो इन्द्रध्वजालाई पहिले ञं सी र हाल अपभ्रस हुँदै यःसीं भनिएको भनिन्छ । देवासुर र देवताहरुको युद्धमा, देवता पक्षको विजय भएपछि सो इन्द्रध्वजालाई ध्वजात्थान गरि इन्द्रजात्राको सुरुवात गर्न थालिएको पनि भनिन्छ ।

यसैगरि विजयको प्रतिक मानिने इन्द्रध्वजा पृथ्वीलोकका राजा उपरिचर वसुले आफ्नो राज्यको सुरक्षा तथा शत्रु माथि विजय पाउनको लागि इन्द्रको तप आरधना गरि वरदान स्वरुप प्राप्त गरेका थिए । राजा उपरिचर वसुले पृथ्वीलोकमा सो इन्द्रध्वजा स्थापना गरि जात्रा मनाएमा शत्रु परास्त हुने भनी इन्द्रध्वजा (यःसीं) को ध्वजोत्थान गरि यस जात्राको सुरुवात गर्ने गरेको भन्ने अनुश्रृति पनि रहेको छ ।

फोटोः ameetar.photography फेसबुक वालबाट

यसै गरि पहिले चोर सम्झेको मान्छे भगवान इन्द्र भएको तथा इन्द्र र ऐरावत स्वर्गलोक फर्किने भएपछि, इन्द्रले स्थानियहरुलाई मलाई हरेक वर्ष सन्देश पठाउनु र सन्देश पाएपछिका दिनहरुमा वालीनाली तथा जनजीवनका लागि सहज मौसम सहितको कुहिरो र शीत पठाउने वाचा गरेका थिए । यसैले इन्द्र सम्म सन्देश पु¥याउनका लागि इन्द्रध्वजा सहितको लिड्डो (यःसीं) स्थापना गरिएको भन्ने कथन पनि रहेको छ । यसै सन्दर्भमा हामी उडाउने रड्डी विरड्डी चड्डा पनि, अब उप्रान्त वर्षा, हावाहुरी र चट्याङ्ग नपारिदिनु भनी इन्द्रसम्म सन्देश पु¥याउनका लागि उडाउन थालिएको भन्ने रोचक किंवदन्ती रहेको छ ।

इन्द्रलाई भौतारिदै खोजिरहेको ऐरावत हात्तीलाइ प्रतिविम्वीत गर्नका लागि यसजात्रामा पुलुकिसी जात्रा पनि निकाल्ने गरिएको छ । आफ्नो राजा इन्द्र पारिजात फूल टिप्न भनी हिडेको धेरै दिन सम्म पनि नफर्किएपछि, ऐरावत हात्ती वस्ती वस्तीमा इन्द्रलाई खोज्दै हिडें । स्थानिहरुले पनि सेतो हात्ती देखेर अचम्मित भए र झुम्मिदैँ, ऐरावतको पछि पछि लाग्न थाले । जसको प्रतिक स्वरुप, काठमाण्डौमा र भक्तपुरमा ऐरावतको हात्ती बनाई यात्रा गराउने गरिन्छ ।

फाइल फोटोः थाहानगरको पालुङ शहरको इन्द्रजात्रा ।

 पछिल्ला दिनहरुमा हिन्दु लगायत बौद्ध, शैव धर्मावलम्बीहरुले यस जात्रा मनाउँदै आएको छ । जसबाट धर्म जातीका नामबाट विभाजित भएको समाजलाई सामाजिक एकतामा बाँधिन सहयोग पु¥याउँछ । सुख, पराक्रम र सौन्दर्यको प्रतिक इन्द्रले आँधी, हुरी, चट्याङ्ग, खडेरी, अतिवृष्टि, अनावृष्टि जस्ता प्रकोपहरुलाई नियन्त्रण गर्ने हुनाले, इन्द्रलाई कृतज्ञता प्रदान गर्न इन्द्रजात्रा मानिदै आएको छ ।

पृथ्वी नारायण शाहले पनि वि.स. १८२५ आश्विन १३ गतेका दिन काठमाण्डौमा राजा जय प्रकाश मल्ल लगायत सम्पुर्ण जनताले इन्द्रजात्रा मानिरहेको अवस्थामा काठमाण्डौ राज्य माथि सहज विजय हासिल गरेका थिए । विजय पश्चात पृथ्वी नारायण शाहले तलेजु तथा कुमारी दर्शन गरेर काठमाण्डौ उपत्यकाको संस्कृति तथा जनताको मन जितेका थिए भन्ने किंवदन्ती पनि पाइन्छ ।

फाइल फोटोः थाहानगरको पालुङ शहरको इन्द्रजात्रा ।

विशेष गरी काठमाण्डौ, ललितपुर, भक्तपुर र किर्तिपुरका साथै बनेपा, दोलखा, पाल्पा जस्ता पुराना नेवारी समुदाय भएका ठाँउहरुमा र पछिल्ला समयमा त अमेरिकामा समेत मनाइने यस जात्रा, पालुड्डमा परापुर्व कालदेखी नै मनाउदै आएको छ । कहिलेबाट पालुड्डमा इन्द्रजात्रा मनाउन थालियो भन्ने जानकारी नभएपनि दामन पालुङ्गको आराध्य देवी इन्द्रायणीमाईको स्थापना वा उत्पती, यँहा पछि इन्द्रजात्रा मान्न थालिएको भन्ने भनाई छ । विभिन्न कालखण्डमा, काठमाण्डौ उपत्यकाबाट विस्तारित भएर पालुङ्गमा बसोबास गरेका पूर्वजहरुले, काठमाण्डौ जस्तै चार नारायण सहितको पालुङ्गको वस्ती विकास गरि, यस ठाँउमा उपत्यकाका धर्म, संस्कार, सस्कृति र सभ्यताहरु हस्तान्तरण गर्दै आएको पाइन्छ । पालुङ्गमा भदौ शुक्ल पुर्णिमाका दिन ञंयाः पुन्हि धुमधाम संग मनाइन्छ । यस दिन प्रत्येक घरधुरीबाट विहान देखि पूजा संकलन गर्ने र साँझमा लाखे नाच, ब्रम्हा विष्णु र महेश्वरको नाच, ख्याक कवं नाचका साथै तन्त्र–मन्त्र विधिबाट गणेश, कुमारी, इन्द्रायणी, बाराही र भैरवको नाच प्रदर्शन गरिन्छ । गणेश, कुमारी, इन्द्रायणी, बाराही र भैरवको नाचमा प्रत्येक कलाकारलाई तन्त्र–मन्त्र विधिले बाँधी, नाच अवधीभर पुरै शरिर कमाउने गरिन्छ । जुन तन्त्र–मन्त्र विधि हाल नेपालमा मकवानपुरको उत्तरी भेगमा मात्र सिमित रहेको छ । जनैपुर्णिमाबाट शुरु हुने लाखे नाच तथा अन्य देवी देवताको नाच, क्रमश गाईजात्रा, हिलेजात्रामा प्रदर्शन गरिन्छ र इन्द्रजात्राका दिन, यी पाँच देवी देवताहरुलाई वली चढाई, अर्को जनैपुर्णिमा सम्मको लागि समापन गरिन्छ ।

यस दिन हुलका हुल बालबालिकाहरु प्रत्येक घर गई देउसी भैलीमा जस्तै भट्याएर समेबजी माग्न जाने चलन पनि रहेको छ र यस दिन समेबजी दान गर्नु भनेको पञ्चतत्व दान दिनु सरह मानिन्छ । हाम्रो पञ्चतत्वले वनेको शरिरमा, पञ्चतत्व सन्तुलित राख्न, समेबजी आफु पनि खाने र अरुलाई पनि खुवाउने चलन छ । हाँडीमा भुटेको चिउरा, साग, कालो भटमास, वोडी, अदुवा, लसुन, आलु, वारा, राँगाको मासुको छोयला, माछा र हाँसको अण्डाको समिश्रण भएको खाजालाई समेबजी भनिन्छ ।

फाइल फोटोः थाहानगरको पालुङ शहरको इन्द्रजात्रा ।

समेबजी फोनेः, विउसा ल्यासे, मविउसा बुढिचाः, ला छकु वेक समेवजी, वल वल वुलु किसीकिसी अर्थात समयबजी माग्न आयौें, दियो भने तरुनी, नदिए बुढि भईजा, एक टुक्रा मासु आउने गरी समेवजी, आयो आयो ऐरावत हाती भनी देउसी भैलीमा जस्तै भट्याएर समेबजी मागी खाने चलन छ ।

पुस्तौ देखि चली आएको यस्ता जात्राहरुले हाम्रो प्राचिन सभ्यता, परिचय, संस्कार, संस्कृति प्रतिबिम्वित गरेको हुन्छ तर पालुङ्गको इन्द्रजात्रा, पालुङ्गमा मात्र सिमित रहेको पाईएको छ । वास्तवमै भन्ने हो भने, साविक पालुङ्ग गा.वि.स. भन्दा बाहिर छिमेकी गाँउहरुलाई पनि यसबारे खासै जानकारी छैन होला । यस जात्रामा सके बाह्य, नसके आन्तरिक सांस्कृतिक पर्यटन प्रवद्र्धन गरी, हाम्रो कला, संस्कार, संस्कृतिलाई कम्तीमा राष्ट्रिय स्तरमा चिनाउन, प्रवद्र्धन गर्न र आगामी आउने पुस्ताहरुको लागि जिवन्त राख्न हरकदम प्रयास गर्नु पर्दछ । यस प्रकारका सांस्कृतिक सम्पदा पर्वको विशेष महत्व हुने हुँदा, यसका लागि कुनै समुदाय विषेश मात्र नभई, सो समुदायसँग सम्बन्धित स्थानिय सरकारबाट आवश्यक हरेक प्रकारका सरसहयोग र प्रवद्र्धनको हुनु अत्यावश्यक छ ।

श्रेष्ठ, थाहा २, पालुङ शहर मकवानपुर निवासी हुन्।

(-विभिन्न लेख, किंवदन्ती, अनुश्रुतीबाट संकलित)

पालिका प्रेस
थप जानकारी